४३ लाखको कार स्टलबाटै बिक्री!
झापाको बिर्तामोडमाा सञ्चालित बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवमा अटोमोबाइल्स तर्फ पनि अवलोकनकर्ताहरुको ध्यान खिचिएको पाइएको छ ।
बुधबार दिउँसो महोत्सव अवलोकन गर्न पुगेका कनकाईनगरपाालिका निवासी त्रिलोचन उप्रेतीले नेक्सन इभिएक्कस जेठ लक्स कार खरिद गरेका छन् । कारको बजार मुल्य ४२ लाख ९९ हजार रहेको अल्सका अटो मोबाइल्स प्रालिका सेल्स म्यानेजर एजन न्यौपाानेले जानकारी दिए ।
उप्रेतीले खरिद गरेको उक्त विद्युतिय कार एक पटक चार्ज गरेपछि २५० किलोमिटर सम्म सञ्चालन गर्न सकिने जनाइएको छ । महोत्सव स्थलमै आयोजित एक संक्षिप्त कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपाने र बिर्तामोडउद्योग वााणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सवारी साधनको साँचो खरिद कर्ता उप्रेतीलाई हस्तान्तरण गरे ।
Comments