जापानको थोक मुद्रास्फीति फेब्रुअरीमा सुस्त!

जापान सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । 

योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ ।  क्याबिनेट अफिसले जारी गरेको फेब्रुअरीको आर्थिक प्रतिवेदनमा भने सामान्य परिवर्तन देखिएको छ। प्रतिवेदनका अनुसार केही कमजोरीका बाबजुद जापानी अर्थतन्त्र "मध्यम रूपमा उठिरहेको" सरकारले आफ्नो मासिक मूल्याङ्कनमा उल्लेख गरेको छ।

प्रतिवेदनले निजी उपभोग र कर्पोरेट खर्चदेखि उत्पादन र निर्यातसम्मको अर्थतन्त्रका ११ प्रमुख अङ्गहरूको मूल्याङ्कनलाई भने यथावत् कायम राखेको छ। साथै प्रतिवेदनले कमजोर निर्यात, औद्योगिक उत्पादन वृद्धिमा रोक र फेब्रुअरीमा बढ्दो उपभोक्ता मूल्यहरू पनि विशेषरूपमा उल्लेख गरेको छ।

Comments

Back to top