प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड ल्याउँदै!
प्रभु क्यापिटलले फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गर्ने भएको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखी योजना हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाई मध्ये १ करोड २० लाख वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत वा १ करोड १२ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत वा ८ लाख इकाई छुट्याइएको छ ।
बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।
Comments