क्यान इन्फोटेक २०२३ सम्पन्न, तीन लाख बढीले अवलोकन गरे!
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार एक विशेष समारोह माझ ‘इन्फोडेभलर्स क्यान इन्फोटेक २०२३ ईन एसोसिएन विथ डिशहोम फाइबरनेट’को समुद्घाटन गरेका थिए । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरू सहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
६ दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधिप्रेमीले अवलोकन गरेका थिए ।
आइतबार क्यान इन्फोटेकको अन्तिम दिन काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री महेश बस्नेत, प्रतिधिसभाका सांसद दामोदर पौडेल र लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरे । यस संस्करणको क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिए ।
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालि रहेको थियो भने एसोसिएट स्पोन्सरमा इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेट रहेको थियो । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी ( इन नेपला, फर नेपाल र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।
साथै यूथ आजिएफ नेपालले इन्टरनेट सम्बन्धि जनचेतना स्कूल लेबलबाट नै हुनुपर्ने सरोकारवालाहरुले सोहि कार्यक्रममा नै बताए । सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला व्यक्तिहरू बीच सार्थक अन्तर्क्रिया गराउन क्यान इन्फोटेक सफल भएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
Comments