इसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित
व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ । नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान गरेको हो । शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।
समारोहमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले उक्त पुरस्कार इसेवा मनि ट्रान्स्फरको सञ्चालक तथा कर्मचारी, एफवान सफ्ट गु्रप र विदेशमा रहेका सम्पूर्ण नेपालीमा समपर्ण गरे । उनले विदेशमा रहेका नेपालीहरूको मायाँ र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिए । साथै उनले इसेवा मनि ट्रान्स्फरलाई छनौट गरी पुरस्कृत गरेकोमा म्यानलाई समेत धन्वयाद ज्ञापन गरे ।
बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागि रहेका अजेश कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहेका छन् । इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ । विश्वका दुईसयभन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशत भन्दा बढि रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै आएको छ ।
Comments