नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा कर्जा ब्याजदर एकल अंकमा कायम गर्न माग

नेपाल राष्ट्रिय व्यवसायी महासंघले कर्जा ब्याजदर एकल अंकमा कायम गर्न माग गरेको छ।

महासंघका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले बिहीबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको भन्दै कर्जा ब्याजदर एकल अंक कायम गर्न माग गरेको हो।

महासंघले सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर समान हुनुपर्ने, सहुलियतबिना धितो कर्जालाई १५ लाख रूपैयाँबाट बढाएर कम्तीमा २५ लाख र बैंक तथा वित्तीय संस्थाको लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाउनुपर्ने बताएको छ।

गर्भनर अधिकारीले उद्योग तथा व्यवसायलाई अगाडि बढाउन राष्ट्र बैंक सकारात्मक रहेको धारणा सो अवसरमा व्यक्त गरेका जनाइएको छ।

Comments

Back to top