एशियन पेन्ट्स नेपालको ‘स्मार्टकेयर हाइड्रोलक’ अब बजारमा

नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया)को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा ‘स्मार्टकेयर हाइड्रोलक’ ल्याएको छ ।

यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनियाविरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ । हाइड्रोलक प्रयोग गर्न निक्कै सजिलो रहेको कम्पनीको दावी छ । कम्पनीका अनुसार यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ ।

हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ, जसले गर्दा यसलाई ‘वाटरप्रूफिङको च्याम्पियन’को रूपमा स्थापित गरेको छ।

Comments

Back to top