कामना सेवा विकास बैंकको कामु सीईओमा आचार्य
कामना सेवा विकास बैंकले कामु प्रमुख कार्यकारीको जिम्मेवारी विनय दाहाललाई दिएको छ ।
बैंकका एक अधिकारीका अनुसार सीईओ प्रविण बस्नेतको कार्यकाल नथपिएसँगै दाहाललाई कामू सीईओमा जिम्मेवारी दिइएको हो।
स्रोतका अनुसार फागुन २ गतेसम्म कार्यकाल रहेका सीईओ बस्नेत पुसदेखि नै बिदामा बसेका छन् । पछिल्लो समय बैंकिङ कसुर अभियोग समेत लागेको छ । प्रहरी समक्ष आत्मसमर्पण गरेका बस्नेत लगायत ४ जनालाई प्रहरीले बिहीबार छोडेको छ।
३१ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीईओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।
इलाका प्रहरी कार्यालय दमककाअनुसार सीईओ बस्नेतसहित चन्द्रबहादुर थापा, वीरेन्द्र सिंह भण्डारी र हरेन्द्र दाहाललाई हाजिरी जमानीमा बिहीबार छोडिएको हो।
प्रहरीका अनुसार उनीहरुको बयान सकिएपछि हाजिरी जमानीमा छोडेको हो । प्रहरीले आवश्यक ठानेर बोलाएको खण्डमा जुनसुकै समयमा पनि उपस्थित हुनुपर्ने बताइएको छ।
Comments