कहाँ देखिन्छ त नेप्सेको रिभर्सल बिन्दु ?

सरकार समिकरणमा देखिएको खटपटलाई बहाना बनाउदै करेक्सनको बाटोमा  रहेको नेप्से, आज २२.११ अङ्कले घटेर सूचक २०९४.५४मा बन्द भएको छ। २२७७को हाइ बनाउदा कारोबार रकम ७ अर्ब ६५ करोड भएको बजारमा आज कारोबार  रकम २ अर्ब ९ करोडमा सिमित भएको छ।  कारोबार रकम एकाएक यसरी घट्नुलाई छिटै रिभर्सल आउन सक्ने संकेतको रुपमा लिन सकिन्छ।  प्राय लगानीकर्ताहरुले फिबोन्याचीको 0. ६१८को लेभल (२११४)मा स्टप लश गरेको अनुमान लगाउन सकिन्छ। तर अबको दिनमा भने फिबोन्याचीको 0.५को लेभल (२०६०) निर्णायक हुन सक्ने धेरै आधारहरु रहेको देख्न सकिन्छ।  २०६०को जोनमा बोलिङ्गेर ब्याण्डको लोवर लाइन पनि रहेको र राम्रो सपोर्ट जोन पनि भएकाले नेप्सेले एउटा अन्तिम बुलिश र्यालीका लागि यहि बिन्दुलाई बटम मान्न सक्ने आकल्न लागउन सकिन्छ।  

(यस सामग्री सूचनामूलक उद्देश्यका लागि मात्र हो।)

Comments

Back to top