इन्फिनिटी लघुवित्तको साधारण सभा फागुन १३ गते, बुक क्लोज कहिले ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा फागुन १३ गते नवलपरासीको गैंडाकोटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर सभाले पारित गर्नेछ  । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभामा छलफल गरी स्वीकृत गरिनेछ।

प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले फागुन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १ गतेसम्म कायम सेयरधनीहरुले मात्र संस्थाको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top