नेपाल एसबिआई बैंक लाइफ इन्स्योरेन्सको विक्री प्रबन्धकमा नियुक्त
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको१ः०.८८४५१६८को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर १सय रुपैयाँका दरको २करोड ३४लाख ६८हजार कित्ता शेयरको हुने २करोड ३४लाख ६८हजार रुपैयाँको (अक्षरेपी दुई अरब चौंतिस करोड अठसट्ठी लाख मात्र) बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागिनेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमानियुक्त भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालयपुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीलक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपालएसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपालएसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्वभएको सहायककम्पनी हो ।
Comments