‘नेक्सन् इभी रेन्ज टेस्ट’ भैरहवामा जारी!

‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’  सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह–आयोजनामा  प्रदर्शनात्मक कार्यक्रम बुटवलको भैरहवामा सम्पन्न भएको छ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन इभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्ज लाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भएका छन् । त्यस्तै, ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोस्रो भएका छन् । त्यसैगरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो भएका कम्पनीले बताएको छ ।

कार्यक्रममा सहभागीमध्ये २२ जना ले ३०० किमि रेन्जभन्दा बढी रेन्ज सफल भएका छन् । उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसङ स्मार्ट एलइडी टिभी जितेका छन् ।

त्यसैगरी दोस्रो स्थान रहन सफल गोपाल शर्माले सामसङ ओभेन जितेका छन् । तेसो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जितेका छन् । विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरू प्रति ग्राहकको दुविधालाई हटाई यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतीले जानकारी गराए ।

Comments

Back to top