स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा बीग मार्टमा पन्ध्र प्रतिशत छुट!
स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि विद्युतीय कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्यका साथ हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।
ग्राहकहरुले यस छुट आफर अन्तर्गत तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
Comments