दुईवटा अवार्डद्वारा टिभिएस सम्मानित!

हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखमा आईएमओटिवाइ—२०२२ र अटो कार अवार्ड पाएको थियो।

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरूको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको विज्ञप्तिमा उल्लेख छ। 

यता अपाचे बाइकले निरन्तर सुधार गरेको फिचरहरूको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पाङग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको वितरण सञ्जाल रहेका छन्।

Comments

Back to top