पशु बिमा कार्यक्रम अलपत्र

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एक आर्थिक वर्षपछि नै पशु बिमा कार्यक्रम अलपत्र परेको छ । पशु पालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षीत गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा पशु बिमा कार्यक्रम सुरु गरेको थियो ।

सुरुका वर्ष १७ वटा बाख्रा र ६ वटा बंगुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६/०७७ बाट पशु बिमा नविकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए । 

वर्ष दिनको अवधिमा किसानले दुई वटा बाख्राको बिमा वापतको रकम पाएका थिए । कतिपय किसानले पशु बिमा दावी गर्न आउँदा बिमा नविकरण नगरेको पाइएपछि रित्तो फर्काइएको थियो ।

नेपाल सरकारको केन्द्रिय कार्यक्रम अनुशार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ता अभावमा वीमा नविकरण गर्न नसकेको जनाइएको छ । बिमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु विमा गर्न सहयोग गरेका थिए । पशु  बिमालाई पुन: निरन्तरता दिनका लागि पहल भइरहेको पशु सेवा शाखाका प्रमुख राजभण्डारीले बताए ।

ग्रामिण क्षेत्रका किसानको मूख्य सम्पतीको रुपमा रहेको गाई, भैंसी, बंगुुर मर्दा हुने आर्थिक क्षतीबाट जोगाउनका लागि गाउँपालिकामा पशु वीमा कार्यक्रम लागू गरिएको थियो। बिमा गरेको एक वर्षभित्र पशु मरे वा क्षती पुगेमा किसानलाई बिमांक रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी गाउँपालिकामा पशु बीमा सुरु गरिएको थियो । 

Comments

Back to top