मार्टिन लुथर किङ: अन्यायविरुद्ध लड्ने ऐतिहासिक पात्र तथा काला जातिका नक्षत्र
अमेरिकामा हरेक वर्ष फेब्रुअरी महिनालाई यहाँका काला जातिका मानिसले आफ्नो समुदायले विभिन्न कालखण्डमा प्राप्त गरेका उपलब्धि र ती उपलब्धिहरू प्राप्तिका लागि योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूको सम्मानमा ‘ब्ल्याक हिस्ट्री महिना'का रूपमा मनाउने गर्छन् । विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूमध्ये सबैभन्दा लोकप्रिय हुन् मार्टिन लुथर किङ जुनियर।
१ जनवरी, १८६३ मा दासप्रथाको औपचारिक अन्त्य भयो तर त्यसको एक शताब्दीसम्म पनि काला जातिहरूप्रति विभेदकारी नीतिहरू विद्यमान थिए । काला जातिका विद्यार्थी पढ्ने स्कुल अलग हुन्थ्यो, बसको अगाडिका कम्तीमा पनि १० सिट गोराहरूको लागि आरक्षित हुन्थ्यो, काला जातिहरू बसको पछाडिको ढोकाबाट र गोराहरू अगाडिको ढोकाबाट छिर्नुपर्ने अनि गोराहरू बसमा पस्दा सिट नभएमा कालाहरूले सिट छोडिदिनुपर्ने कुसंस्कार थिए।
डिसेम्बर १, १९५५ मा अलावामा राज्यको मोन्टगोमरिमा रोजा पार्क नाम गरेकी अश्वेत महिला कामबाट घर फर्कने क्रममा बसको बीच भागमा बसेकी थिइन, उनको सिट गोराहरूका निमित्त आरक्षित गरिएको १० सिटभन्दा ठीक पछाडि थियो । त्यति नै बेला एकजना गोरा जातिका मानिस बसमा प्रवेश गर्दा बसका चालकले चारजना काला जातिका यात्रुलाई पछाडि जान आग्रह गरे । रोजा पार्कसँगै बसेका तीन जना कालाजातिका यात्रु पछाडि गए तर रोजा जान मानिनन् । यही निहुँमा उनलाई पक्राउ गरियो र ल अफ सेग्रिगेसन उल्लंघन गरेको आरोपमा रोजालाई दोषी ठहर गरियो । यस घटनाले कालाहरूको बीचमा एउटा तरंग पैदा गरायो।
यसरी, मार्टिन लुथरले समाजमा विद्यमान विभेदको विरुद्धमा आवाज उठाउँदै, कालाहरूको समानता र स्वतन्त्रताका लागि अहिंसात्मक अभियान चलाए । बाइबलीय शिक्षालाई मार्गनिर्देशनका रूपमा लिएका उनले प्रेमलाई बाँड्न सिके र सकारात्मक सपना देखे । फलस्वरूप कुनै समय दास रहेका अफ्रिकन अमेरिकन मूलको प्रतिनिधित्व गर्दै बाराक ओबामा अमेरिकाको राष्ट्रपति भए।
Comments