देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति २०७९/८० को प्रमुख झलक
नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्याङकलाई हेर्न हो भने वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत छ । त्यस्तै आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको छ ।
देशकाे वर्तमान अवस्थाकाे आर्थिक सूचकहरू यस प्रकार छन्;
~ वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ ।
~ आयात १८.१ प्रतिशतले, निर्यात ३३.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।
~ विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ ।
~ शोधनान्तर स्थिति रु. २० अर्ब ३ करोडले बचतमा रहेको छ ।
~ कुल विदेशी विनिमय सञ्चिति रु.१२४६ अर्ब २७ करोड र अमेरिकी डलरमा ९ अर्ब ६३ करोड रहेको छ ।
~ संघीय सरकारको खर्च रु.३५१ अर्बर राजस्व परिचालन रु.२६८ अर्ब ७ करोड रहेकोछ ।
~ विस्तृत मुद्राप्रदाय १ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।
~ बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ ।
~ वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत रहेको छ ।
~ वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर ४.१ प्रतिशत छ ।
~ मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या १२५ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,६५० पुगेको छ।
~कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।
Source: https://www.nrb.org.np/contents/uploads/2021/09/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-One-Months-data-of-2078.79-1.pdf
Comments