पानासोनिक लाइफ सोलुसन्सको शोरुम स्थापना!

पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तर्राष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ। कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेसनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औँ शोरुमको उद्घाटन गरेको हो। पानासोनिक लाइफ सोलुसन्स इन्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ।

पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री(इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो । इसिएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ। अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरु जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट(इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले प्रारम्भिक चरणमा सहरी उपभोक्तालाई नवीन आवास समाधान प्रदान गर्ने लक्ष्य लिनुका साथ हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दोक्रममा रहेको र नेपालमा पनि प्रविधिप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सोरुम सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाडौँका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका रूपमा काम गर्ने कम्पनीको दाबी छ। 

Comments

Back to top