जेम एण्ड ज्वेलरी एक्स्पो-२०२३ हुँदै

पाल रत्न र आभूषण संघ (नेग्जा) द्वारा २०२३ रत्न र आभूषण प्रदर्शनी राखिने भएको छ । एक्स्पोको उद्देश्य नेपालको बहुमूल्य गहना उद्योगको क्षमता, सम्भावना र स्थितिलाई राष्ट्रिय तथा विश्वव्यापी स्तरमा प्रदर्शन गर्नु रहेको बताए । 

कार्यक्रम आगामी शुक्रबारदेखि आइतबारसम्म होटल याक एण्ड यतिमा हुने आयोजकले जनाएको छ । १0 बजेदेखि ७  बजेसम्म एक्स्पो खुला रहने बताए । कार्यक्रममा ३८ व्यवसायीहरुको सहभागिता रहने आयोजकको दाबी छ । बिहीबार, त्यहाँ गहनाहरूको लागि फेसन प्रदर्शन हुनेछ। उक्त शोमा भारतीय सिने अभिनेत्री एवम् सञ्चारकर्मी मलाइका अरोरा नेपाली पोशाक र आभूषणमा प्रस्तुत हुने छिन् । साथै अन्य ज्वेलर्स कम्पनीहरूले पनि फेसन शो गर्नेछन् ।

एक्स्पो अवलोकनका लागि भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको प्रतिनिधि आउने आयोजकले जानकारी दिएको छ । यो एक्स्पोले व्यवसायीलाई नयाँ प्रविधि र व्यापारिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने विश्वास लिएको आयोजकले जनाएको छ । एक्स्पो १० देखि १५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।

Comments

Back to top