खेल प्रवर्द्धनमा ‘खुकुरी रम’काे ध्यान

द नेपाल डिष्टिलरिजको उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा ध्यान दिन थालेको छ । 

खुकुरी रमले पछिल्लो समय खेलको प्रवद्र्धन गर्न र खेलाडीहरूको मनोबल बढाउन लिग र इभेन्टमा अन्य टोलीसँग टिम अप गर्न थालेको छ । खुकुरी रम हालै प्रदेश १ को प्रमुख सहर मध्येको एक धरानमा भएको गल्फ प्रतियोगितामा सहभागी भएको थियो । नेपाल डिष्टिलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीका अनुसार गल्फको प्रवद्र्धन र खेलाडीको मनोबल बढाउन धरान गल्फ क्लबसँग सहकार्य गरेको बताए ।

आफूहरूले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरूको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको बताए । खुकुरी रमले आगामी दिनमा समेत खेल प्रवर्द्धनमा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने पनि जनाएको छ।

Comments

Back to top