छिमेक मोबाइल बैंकिङ एप सञ्चालनमा
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंकका प्रमुख कार्यकारी अधिकृत डा निलम ढुंगाना तिमिल्सिनाले शुक्रबार काठमाडौंमा एक समारोहका बीच उक्त एपको शुभारम्भ गरेका हुन् । प्रविधिको सहयोगमा आफ्ना प्रयोगकर्तालाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो एप लन्च गरिएको हो । एप मार्फत अनलाइन किस्ता भुक्तानी, बिजुलीदेखि घर खर्चसम्मको बिल भुक्तानी, खाता जानकारी हेर्ने जस्ता सेवाहरू पहुँच गर्न सकिन्छ।
छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एप बराबरकै फिचरहरू रहेका बताए। समाज र समय विस्तारै डिजिटल युगमा अभ्यस्त भएको बताउँदै शर्माले छिमेक लघुवित्त मुलुककै पुरानो र अग्रणी लघुवित्त भएकोले ग्रामिण क्षेत्रमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रोत्साहित गर्न एपले सहयोग गर्ने जनाएको छ।
Comments