बीएमडब्ल्यूले ल्याउँदै आफैँ रंग परिवर्तन गर्ने नयाँ कार!

बीएमडब्लु कम्पनीले मालिकको ‘मुड’अनुसार आफ्नो रंग फेर्न सक्ने फ्युचरिस्टिक कारको अवधारणा सार्वजनिक गरेको छ।

दुईवटै कार हेर्दा एकैखालका छन् भने दुवैलाई कम्पनीले ‘आई भिजन डी’ नै भनेको छ । ‘डी’को अर्थ डिजिटल इमोसनल एक्सपिरियन्स अर्थात् डिजिटल भावानुभूति भन्ने हुन्छ। त्यसमध्ये एउटा कारमा रंग परिवर्तन हुने प्यानेलहरु रहेका छन् ।

बीएमडब्ल्युले सीईएसमा गत वर्ष नै रंग बदल्ने कन्सेप्ट देखाइसकेको थियो तर त्यतिखेर खैरो रंगको प्रकारहरुमा मात्रै यस्तो परिवर्तन देखिएको थियो । यो वर्ष भने द आई भिजन डीले रंगको पूरै प्यालेट नै बदल्न सक्छ। अर्थात् यसले एकैपटक फरक रंगहरु देखाउन सक्छ । अरु त अरु टायरको रंग पनि यो कारले बदल्न सक्छ ।

त्यस्तै अर्को आई भिजन डी कन्सेप्टचाहिँ ‘युजर इन्टरफेस’को नयाँ अवधारणायुक्त रहेको छ । जुन कसरी ड्राइभर र पेसेन्जरले गाडीसँग अन्तक्र्रिया गर्नसक्छन् भन्नेसँग सम्बन्धित छ । यसमा युजर इन्टरफेसको मतलब कारभित्रबाट मात्रै भन्ने होइन ।

बाहिर कारको अगाडितिर, हेडलाइट्स र मेटलबारको स्क्रिनमा साँच्चैको डिस्प्ले प्यानेल रहेको छ । यसले फरक आकारप्रकारमा अनुहारको भावभंगीहरुजस्तै देखाउनसक्छ । कारले फरक ‘मुड’ र ‘रियाक्सन’हरु जस्तो कि आज्ञा, खुसीजस्ता कुराहरु प्रतिक्रियास्वरुप दिन सक्ने बीएमडब्लुले जनाएको छ । त्यस्तै उक्त कारमा हेड–अप डिस्प्ले पनि छ तर आई भिजन डी कन्सेप्टका डिस्प्लेले पूरै विन्डशिल्ड वरपर कभर गर्न सक्छ । यो विशेषखालको फिचरलाई बीएमडब्लुले सन् २०२५ मा उत्पादन सुरु हुने गाडीमा प्रयोग गर्ने योजना बनाएको छ ।

अन्य हेडअप डिस्प्लेहरुले नेभिगेसन क्यु वा धेरै इन्भल्भ्ड इमेजहरु समावेश गर्ने प्रोजेक्टेड इमेजहरु देखाउने बताइएको छ । ती इमेज एकदमै पारदर्शी हुनेछन् । कन्सेप्ट कारमा इमेजहरुलाई साइड विन्डोजहरुमा समेत प्रोजेक्ट गर्न सकिन्छ । जस्तो कि ड्राइभरले नै डिजिटल अवतार छान्न सक्छ जसले ड्राइभर गाडी नजिक पुग्नासाथ साइड झ्यालमा ती इमेज प्रोजेक्ट गर्न सकिन्छ ।

आधारभूत ड्राइभिङ सूचनादेखि कार्टुन क्यारेक्टरसम्मका विन्डशिल्ड र विन्डो डिस्प्लेमा देखिने कन्टेन्टलाई ड्यासबोर्डमा रहने एउटा स्वचालित स्लाइडरबाटै नियन्त्रण गर्न सकिन्छ । यसलाई ‘मिक्स्ड रियालिटी स्लाइडर’ भनिएको छ । जो सरफेसको सेन्सरले एउटा फिंगर स्लाइडिङ पत्ता लगाएपछि ड्यासबोर्डमा प्रोजेक्ट हुन्छ । विन्डो डिस्प्लेहरुमा युजरले पाँच फरक डिजिटल कन्टेन्टबाट छनोट गर्न पाउँछन्। यसको लेभल रेन्ज आधारभूत ड्राइभिङ इन्फरमेसनदेखि बाहिर को, के छ भन्नेसम्मका कुरासँग सम्बन्धित छ।

आई भिजन डी एसयूभी नभई एक सेडान कार हो । जुन कम्पनीको गत वर्षकै कन्सेप्ट हो । बीएमडब्लु ब्रान्डको भित्री विशेषता भनेकै सेडान भएको कम्पनीले जनाएको छ।  

Comments

Back to top