ग्लोबल आइएमई बैंक देशकै उत्कृष्ट बैंक बन्दै!

पुस २५ गते एकीकृत कारोबार पश्चात ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंक बन्दैछ। 

दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारण सभाले एकापसमा  गाभिने सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

यही पुस १७ गते राष्ट्र बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी आजदेखि एकीकृत कारोबार सुरु भएको हो। मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा हुनेछ।

मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल ३६५ र एटिएम ३६७, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु हुनेछन्।

साधारणसभाले ग्लोबल आइएमई बीओके नाम राख्ने प्रस्ताव पारित गरेको भएपनि मर्जपछि बन्ने नाममा बैंक भन्ने शब्द नभएको भन्दै राष्ट्र बैंकले असहमति जनाएपछि मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट नै एकीकृत कारोबार सुरु गर्न लागेको हो।

Comments

Back to top