नेपाल सचूना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा मनकुमारी
नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेडको अध्यक्षमा मनकुमारी केसीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति सदस्यीय निर्वाचित गर्दै दशौं साधारणसभा सम्पन्न भएको जनाएको छ ।
उपाध्यक्षमा सरस्वती पोख्रेल, महासचिवमा लेकनाथ ढकाल, कोषाध्यक्षमा नबराज छत्कुली, निर्वाचित भएको बताए । यसैगरी सदस्यहरुमा सीता बौडेल, भेषराज पाण्डे, मेघराज गौतम, खिम बहादुर कार्की, विजन पोखरेल, राम सुवेदी, आस्था केसी, लेखनाथ सिकारु र लक्ष्मी बोहोरालाई सर्वसमितिमा निर्वाचित गरेको छ । यसैगरी लेखा समिति संयोजकमा राजेन्द्रकुमार बस्नेत सदस्यहरमा दानबहादुर गुरुङ र श्याम खड्का सर्वसम्मतिमा निर्वाचित भएका छन् ।
साधरणसभाले अध्यक्ष विष्णुहरी ढकालद्वारा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन र लेखसमितिको प्रतिवेदन स्वीकृत गर्नुका साथ आगमी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्यद्वय टेकप्रसाद चौलागाईं र रविन्द्र केसीको आतिथ्यता रहेको बताए ।
Comments