आइएमई इलेक्ट्रिक स्कुटरको नयाँ डिलर
स्कुटरको बढ्दो नेटवर्कलाई ध्यान दिँदै कम्पनीले गरिमा अटो कन्सर्नको रूपमा आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ डिलर महाराजगञ्जमा थपेको छ।
डिलरको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरे।
डिलरको उद्घान गर्दै घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका, विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवर्द्धन गर्न मद्दत गर्ने र राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा ठूलो बचत हुने बताए।
आइएमई जस्ता समूहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरिरहेकोमा धेरै खुसी भएको उनले जनाएका छन्।
Comments