आईएसओ गुणस्तर चिन्ह सूर्यज्योति लाइफलाई प्रदान
सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई आईएसओ गुणस्तर चिन्न युनाइटेड रजिस्ट्रार अफ सिस्टम (यूआरएस)ले प्रदान गरेको छ।
कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरबारे निरीक्षण गरी यूआरएसले सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई आईएसओ ९००१ः२०१५ द्वारा मान्यता प्रदान गरेको हो।
उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको यूआरएसले जनाएको छ।
आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन तथा थप सुदृढ गर्दै बीमितहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दै जाने सूर्यज्योति लाइफले प्रतिबद्धता जनाएको छ।
Comments