एउटै गाेत्रभित्र विवाह नचल्नुका यस्ता छन् कारण!

विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको छ।

हिन्दु धर्ममा प्रायः मानिसहरू एकै गोत्रमा विवाह गर्न उचित मान्दैनन् । हामी एउटै गोत्रमा विवाह गर्न नहुने मान्यताको बारेमा चर्चा गर्छौ।

शास्त्रअनुसार ऋषि विश्वामित्र, जमदग्नि, भारद्धाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य गरी आठ ऋषि गोत्र सम्बन्धित हुन्छन् । यदि कोही व्यक्ति भारद्धाज गोत्र भएमा उसको पिढी ऋषि भारद्धाजसँग सम्बन्धित हुन्छन्। अर्थात ती व्यक्ति भारद्धाज ऋषिका सन्तान हुन्।

यदि कोही दुई जना एक गोत्र हुनुको अर्थ दुवै जना एकै मूलका र एकै कुल वंशका हुन् । दुवैबीच पारिवारिक नाता हुन्छ।

उसाे त एकै गोत्रमा विवाह गर्नुको कुनै अर्थ हुँदैन किनकि एकै गोत्रको केटा र केटी एक अर्काका भाईबहिनी हुन्छन्। एकै कुलका वा एकै गोत्रमा विवाह गर्दा मानिसहरूले जीवनमा केही समस्याको सामना गनुपर्छ। विवाहपछि हुनेवाला बच्चामा पनि कुनै अवगुण आउँछ । यो कुरा आध्यात्माले मात्र नभएर विज्ञानले पनि पुष्टि गरेको छ।

विज्ञानका अनुसार एकै कुल वा गोत्रमा विवाह गर्नबाट बच्नुपर्छ। भविष्यमा हुने सन्तानको आनुवांशिक दोष बचाउनको लागि आफ्नो वंश वा गोत्रभन्दा बाहिरको हुनु अत्यन्त्यै आवश्यक हुन्छ।

मानिसहरू सधै तीन गोत्रलाई छाडेर विवाह गर्नुपर्छ । यसमा सबैभन्दा पहिले आफू कुन गोत्र हो त्यसको ख्याल गर्नुपर्छ । दोस्रो आमाको गोत्र (मामाघरको) र तेस्रो हजुरआमाको गोत्रमा ध्यान दिनुपर्छ। सदियौदेखि आजसम्म हिन्दु धर्ममा यी रितीको पालन गरीरहेका छौं । जसलाई विज्ञानको दृष्टिले पनि सही मानेको छ।

Comments

Back to top