डिजिटल फाइनान्सिङको लागि एलोइ र एनएमबि बैंकबीच सहकार्य!

डिजिटल फाइनान्सका लागि एलोय प्रालि र एनएमबी बैंकका बीच रणनीतिक साझेदारी भएको छ। 

विद्युतीय सवारी साधन उद्योगमा संलग्न नेपालका व्यवसायीहरूलाई वित्तिय सेवा प्रदान गर्नका लागि ‘अलोय डिजिटल लोन ट्र्याकिङ सिस्टम’ प्रयोग गर्न दुवै व्यवसाय सहमत भएका छन्।

सम्झौता पत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इलोइकी सह–निर्देशक सोनिका मानन्धरले हस्ताक्षर गरे । कम्पनीहरूले माथि उल्लेखित बाहेक भविष्यमा हरित ऊर्जा र कृषिमा पनि पैसा लगानी गर्ने जनाएको छ। एलोइले विगत लामो समयदेखि उद्यमीलाई फाइनान्सिङमा मद्दत गर्दै आएको छ। 

एनएमबि बैंकले भने २६ वर्षदेखि नेपालमा बैंकिङ क्षेत्रको विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ।

Comments

Back to top