'कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड' पायो वर्ल्डलिङ्कले!
वर्ल्डलिङ्कले यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड पाएको छ।
'द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्सी' कर्पोरेट क्लब नेपालले वर्ल्डलिङ्कलाई प्रदान गरेको हो।
निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड दिने गरिएको बताइएको छ।
प्राध्यापक डा. फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजकको रूपमा रहेका थिए।
जसमा वुमन फर ह्युमन राइट्सका संस्थापक अध्यक्ष लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सिइओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा सदस्यको रुपमा रहेका थिए।
अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वर्ल्डलिङ्कले देखाएको प्रतिवद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको संख्या, सेवाको पहुँच क्षेत्रलगायतलाई आधार बनाइएको थियो।
Comments