आइएमई पे एप अब नेपाली भाषामा!

आइएमई पे एप अब नेपाली भाषामा पनि अद्यावधिक भएको छ। 

बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि जनताहरूलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको छ । भाषाको छनोट गर्न मिल्ने सुविधाका साथ आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो सेवा थप गरेको हो।  

सो फिचरको लागि ग्राहकहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गरी आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन (इएन) संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन्। 

यस एपमा विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्न केबल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्तारूले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने लगायतका सुविधाहरू उपलब्ध गरेको जानकारी दिएको छ। 

Comments

Back to top