१८ पुसदेखि अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
अल्का अस्पतालले स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट १८ पुसदेखि २२ पुससम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
शिविरमा स्वास्थ्य जाँच गरिएकालाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण गर्नुका साथै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ ।
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलानुका साथै एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन । अल्का अस्पतालले यसअघि लमजुङ, मकवानपुर, काभ्रे लगायतका दर्जनौ जिल्लाहरूमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको दाबी गरेको छ ।
अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो।
Comments