नयाँ प्रिमियम ह्विस्की 'काला पत्थर' आयो नेपाली बजारमा!
जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा प्रिमियम क्याटेगरीको उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड 'काला पत्थर' ल्याएको छ।
काला पत्थर एउटा ब्लेन्डेड रिसर्व ह्विस्की हो जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यो ह्विस्कीमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ।
वर्ल्ड अर्चर्ड फ्रुट र टफिको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने कम्पनीले बताएको छ।
Comments