अटोमोबाइल क्षेत्रका समस्याहरूबारे छलफल, नाडा सदस्य र अर्थ मन्त्रीबीच भेट!

उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेल र नाडा सदस्यहरूबीच भेटवार्ता भएको छ। 

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा छलफल गरेको हो। 

अर्थ मन्त्री पौडेलले  उक्त भेटघाट तथा छलफलमा अटोमोबाइल क्षेत्रलाई नजिकबाट नियालेको भन्‍दै अटोमोबाइल व्यवसायीहरूले हाल भोगिरहेको समस्याहरूको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए।पछिल्ला समयमा आएका विभिन्न नीतिहरूका कारण पहिल्यैदेखि प्रताडित भएको अटोमोबाइल ब्यवसायलाई झनै कठिन अवस्थामा पुर्‍याएको बताए। यसै कारण व्यवसायीहरू आफ्नो व्यवसायबाट नै पलायन भइरहेकाले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गर्न आग्रह गरे। 

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुदाहरू हालको अवस्थामा व्यावहारिक रूपमा लागु गर्न कठिन हुने देखिएको हुनाले निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरे।

Comments

Back to top