कुन बैंकले कति फिर्ता गर्दै नियमविपरीत बढाएको ब्याज?

नियमविपरीत ब्याज बढाई वाणिज्य बैंकहरूले असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ।

सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई राष्ट्र बैंकले प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र गत आर्थिक वर्षको साधारणसभाको अनुमति दिएको हो। 

पुसभित्रै साधारणसभा गर्न कृषि विकास बैंकले भने नसक्ने भएको छ। बैंकले प्रिमियम बढाएर नियमविपरीत असुल गरेको ब्याज उल्लिखित तथ्यांकमा समावेश गरेको छैन। राष्ट्र बैंकले साधारणसभाका लागि अनुमति दिँदा उक्त बैंकलाई पनि बढी असुलेको ब्याज फिर्ता गर्न लगाउने जनाएको छ।

सबैभन्दा बढी एनआईसी एसिया बैंकले ४८ करोड रुपैयाँ फिर्ता गर्दैछ । त्यस्तै नबिल बैंकले ४७ र ग्लोबल आईएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्नुपर्नेभएको छ।

स्टयान्डर्ड चार्टड बैंक सबैभन्दा कम ब्याज फिर्ता गर्नुपर्ने बैंक रहेको छ । यसले जम्मा ४० लाख रुपैयाँ मात्र फिर्ता गर्नुपर्ने भएको छ।

Comments

Back to top