राष्ट्रिय वाणिज्य बैंकले खोल्यो एकै पटक पाँच शाखा!
प्रदेश नम्बर १ स्थित एकै पटक राष्ट्रिय वाणिज्य बैंकको पाँचवटा शाखा कार्यालय उद्घाटन गरिएको छ।
प्रदेश नम्बर १ स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवाको उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको जानकारी दिएका छन्।
शाखा कार्यालय ताप्लेजुङ्गको बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुमको म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारीको झापा १ खका प्रदेश सांसद गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवाको सर्लाही २ खका प्रदेश सांसद कौशलकिशोर दास र शाखा कार्यलय रसुवाको रसुवा ‘ख’का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमका बीच उद्घाटन गरेको जनाएको छ।
शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्रा.डा.राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यालय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा रहेका छन्। त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलंगवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी भएको बताए।
Comments