सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ पुसमा बसेको बैठकले अध्यक्षका पदमा केशवप्रसाद भट्टराईलाई चयन गर्ने निर्णय गरेको हो । 

उनले सोही दिन नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष भट्टराईद्वारा सञ्चालकहरू नन्दकिशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्तकुमार अग्रवाल एवम् प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएको बताए । 

कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा भने आकाश गोल्छा नियुक्त भएका छन्।

Comments

Back to top