यसरी छानियो ट्राफिक लाईटका रङ : यस्तो रहेछ इतिहास!

ट्राफीक नियम पालना गर्नको लागी हाम्रो देश नेपाल लगाएत विश्वमा नै ट्राफिक लाईटको ब्यवस्था गरिएको छ । सवारी दुर्घटना न्युनीकरण लगाएतका कारणको लागी बिभिन्न शहरको चोक चोकमा सो लाईटको ब्यवस्था गरिएको हुन्छ । रातो हरियो र पहेलो बत्तिको माध्यमबाट यात्रुहरुलाई सिग्नल दिने गरेका हुन्छन् । तर तपाईहरुलाई थाहा नहुन सक्छ । यसको किसिमको नियम कसरी लागु भयो भनेर।

विश्वमा सबैभन्दा पहिले सन् १८६८ को डिसेम्बर १० तारेखमा बेलायतमा ट्राफिक बत्ती जडान गरिएको थियो ।  रातमा देखियोस् भन्नका लागि ग्यासको प्रगोग गरिएको बत्ति जडान गरिएको थियो । बत्ति लण्डनस्थित संसदभवन बाहिरको सडकमा जडान गरिएको थियो । शुरुमा ट्राफिक लाइटमा रातो र हरीयो रंगको प्रयोग गरेपनि पछि पहेँलो रङपनि थपेको थियो।

प्रष्ट देखिने तथा मानिसलाई सचेत गराउनका लागि भन्दै ट्राफिक लाइटमा रातो रङ प्रयोग गरेको थियो। रातो रङको अर्थ अगाडि खतरा तथा गाढा पनि हुन्छ र टाढैबाट देखिने भएकाले यसको प्रयोग भएको बताईन्छ । यो रङलाई ट्राफिक बत्तीमा गाडी वा यात्रुलाई रोक्नका लागि प्रयोग गरियो ।पहेँलो रङ रङलाई ट्राफिक लाइटमा राख्नुका कारण चाँहि पैदल बाटो काट्न अथवा गाडी अगाडि बढाउनका उर्जाको प्रयोग गर्न तयार होउभन्ने संकेत दिनु हो।

हरियो रङले सबैकुरा ठीकठाक छ भन्ने कुराको संकेत गर्दछ । त्यसैले ट्राफिक लाइटमा यो रङलाई अब गाडी अगाडि बढाउ वा पैदल यात्रीलाई बाटो काट्न सुरु गर भन्नका लागि प्रयोग गरिएको हो।

Comments

Back to top