लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’

आजदेखि ‘खुकुरी रम’ले साधाझैँ १०औं ‘नेपाल लिटरेचर फेस्टिभल’को सांगीतिक कार्यक्रम पोखराको फेवाताल किनारमा आयोजना गर्ने भएको छ । फेस्टिभलका सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गर्ने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।

सांगीतिक कार्यक्रम अन्तरगत लोक-ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाही सँग-सँगै अन्य सांगीतिक टोलीहरुको पनि सहभागीता रहने बताए ।  स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसरमा फेस्टिभलको दोस्रो दिन अर्थात पुष ७ गते विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ ।  योञ्जनका गीतहरुको सँगालो ‘गोपालय’ पनि विमोचन गरिने आयोजकले बताए।

५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श लिटरेचर फेस्टिभलमा हुने बताए । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह-प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम्फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरु पनि सहभागी हुने जनाएको छ । नेपालका राजनीतिक दलका नेतादेखि सांगीतिक, कला, पत्रकारिता, लेखन तथा सामाजिक क्षेत्रमा चर्चित पात्रहरु समेत कार्यक्रममा सहभागी हुने बताए।

Comments

Back to top