अनियमित महिनावारीका कारणहरु के-के हुन्?

महिनावारी गर्भधारणका लागि महिलाको शरीरले आफूलाई तयार पार्ने प्रकृया हो। यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेधित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पुर्याउन एंडोमेट्रियमको विकास भएको हुन्छ । निषेचन हुन नसकेको खण्डमा यो महिनावारी को रुपमा शरीरबाट बाहिर निस्किन्छ ।

सामान्य स्वस्थ्य अवस्था भएको महिला अर्थात नियमित २८ दिनमा महिनावारी हुने महिलामा महिनावारी को १ देखि ५ दिन रक्तश्राव हुन्छ । महिनावारी को ६ देखि १४ दिन डिम्ब र एंडोमेट्रियमको विकास हुन्छ । महिनावारी को १४ दिनमा डिम्बाशयबाट डिम्बको निष्काशन हुन्छ । महिनावारी को १५ देखि २८ दिन गर्भ नली हुँदै डिम्ब पाठेघर सम्म पुग्छ । गर्भ नलीमा शुक्रकीट सँग मेल भए गर्भधारण प्रक्रिया शुरु हुन्छ अन्यथा एंडोमेट्रियमसंगै डिम्ब पनि महिनावारी को रक्तश्रावका रुपमा निस्किन्छ ।

धेरैजसो महिलाहरुमा महिनावारी गढ बढि भएको हुन्छ । यसका विभिन्न कारणहरु हुन सक्छन् । प्रजननमा हानी पुर्याउन सक्ने अनियमित महिनावारी का कारणहरु यस प्रकार रहेका छन् ।

एनोभुलेशन

एनोभुलेशन भएमा ओभुलेसन अर्थ डिम्ब निष्कासन हुन सक्दैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बिना गर्भधारण सम्भव हुँदैन ।

प्राथमिक डिम्बग्रथि अपर्याप्तता (पीओआई) र समय पूर्व डिम्बग्रथि विफलता (पीओएफ)

(पीओआई र पीओएफ भएको अवस्थामा अनियमित महिनावारी हुनसक्छ वा पूर्ण रुपमा महिनावारी बन्द हुन सक्छ। यो समस्या एस्ट्रोजेन हर्मोनको मात्रा कम भएर हुन सक्छ । यो समस्यामा योनी सुख्खा हुने, यौन सम्पर्क पीडादायी हुने, निद्रा नलाग्ने, शरीरको तापमान बढ्ने, डिप्रेसन जस्ता लक्षण देखिन सक्छ ।

मोटोपन

मोटोपन प्रजनन् मा असर पुर्याउने एक प्रमूख कारण हो । यसले महिनावारी पनि अनियमित बनाउँछ । अधिक मोटो व्यक्तिमा पीसीओएस, थाइराइड हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा जीवनशैली र खानपानमा सुधार ल्याउनुपर्छ साथै व्यायाम, योग आदिमा ध्यान दिएर सुधार ल्याउन सकिन्छ ।

पोलीसिस्टिक ओभरियन सिन्ड्रोम (पीसीओएस)

पीसीओएस एक इन्ड्रोक्राइन सम्बन्धि समस्या हो । यसले सबैमा बाँझो पन ल्याउँछ भन्ने हुँदैन तर गर्भधारणमा अफ्ठ्यारो हुने गर्दछ । ८ जना पीसीओएस भएका व्यक्तिमध्ये १ जनामा बाँझो पन पनि ल्याउन सक्छ । पीसीओएस देखिएका हरुले गर्भधारण गर्न लामो समय लिन सक्छन् वा उनीहरुमा गर्भपात को समस्या देखिन सक्छ।

थाइराइड

अधिक सक्रिय वा न्यून सक्रिय थाइराइड भए महिनावारी र गर्भधारण दुवैमा समस्या देखिन सक्छ। थाइराइड भएमा तौल बढ्ने, निन्द्रा नलाग्ने, थकान लाग्ने, डिप्रेसन हुने जस्ता समस्या देखिन सक्छ।

महिनावारी सँग सम्बन्धित यस्ता समस्या देखिए गर्भधारणका चुनौती थपिन्छन् तर सन्तान नै नहुने हुँदैन। कसै कसैले केहि औषधि सेवन गरेर त कसैले निरन्तर प्रयास बाट पनि सन्तान प्राप्त गर्न सक्छन्।

Comments

Back to top