मुक्तिनाथ क्यापिटल र सम्झना ल्याबोरेटोरी क्लिनिकबीच सम्झौता!
मुक्तिनाथ क्यापिटल लिमिटेड र सम्झना ल्याबोरेटोरी प्रालिबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौतामा सम्झना ल्याबोरेटरी ललितपुरका सञ्चालक राजना श्रेष्ठ जोशी र क्यापिटलका सिनियर प्रबन्धक अनिल महर्जनले हस्ताक्षर गरेका छन् । क्यापिटलको निक्षेप सेवा अन्तर्गत लाभार्थी खातावालाले सम्झौता अनुसार तोकिएको क्लिनिकबाट उपचार शुल्कमा १०% देखि ५०% सम्म छुट प्राप्त गर्न पाउनेछन्।
विषेशगरी यदि कोही खातावालाहरु रातो कार्ड होल्डर सदस्य (जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका नागरिक), क्यान्सर तथा मिर्गौलाका बिरामीहरु भएमा उक्त खातावालाहरुलाई ल्याब परीक्षण गर्दा ५०%, एक्स–रे, ईसीजी, यूएसजी, इको परीक्षणमा २५% र औषधिमा १२% छुट को व्यवस्था उपलब्ध गराइनेछ। यसका साथै साधारण हितग्राही खातावालालाई ल्याब परीक्षणमा २०%, एक्स–रे, ईसीजी, यूएसजी र इको परीक्षणमा २०% र औषधिमा १०% छुटको व्यवस्था रहेको छ।
Comments