यी काम गर्नुहोस् जसले ल्याउँछ सम्बन्धमा मिठास!

हामी कतिपय सम्बन्धमा बाधिन्छौं तर त्यो सम्बन्ध हाम्रा लागि राम्रो हुन्छ कि हुँदैन भन्ने कमैले सोचेका हुन्छौं र कमैले सम्बन्ध भित्र राम्रो नराम्रो पनि केलाएका हुन्छौं।

यदि तपाईले सम्बन्धमा बाँधिनु भन्दा पहिले त्यो व्यक्तिलाई राम्रोसँग बुझ्नु भएको छैन भने तपाईहरुबीचको कुनै पनि सम्बन्ध सुखदायी हुँदैन । त्यसैले पनि सम्बन्धमा यी पाँच कुरा हुन अत्यन्तै जरुरी हुन्छ ।

एकअर्कालाई सम्मान गर्नुहोस्
श्रीमान होस् वा श्रीमती, प्रेमि होस् वा प्रेमिका हरेक सम्बन्धमा एकअर्कालाई सम्मान गर्न आवश्यक छ । यदि तपाईं सम्बन्धमा हुनुहुन्छ र एकअर्कालाई पूर्ण सम्मान गर्नुहुन्छ भने, बुझ्नुहोस् कि तपाईंको सम्बन्ध स्वस्थ छ । तपाई आफ्नो पार्टनरलाई जति सम्मान गर्नुहुन्छ, त्यसको बदलामा तपाईले पनि त्यति नै सम्मान पाउनुहुनेछ । यो राम्रो सम्बन्धको संकेत हो । कतिपय सम्बन्धमा श्रीमान होस् या श्रीमती आफुले सम्मान पाइरहुँ र माया पाइरहुँ भन्ने तर आफुले भने माया र सम्मान गर्न हिचकिचाउने हुँदा त्यस्ता सम्बन्ध लामो समय सम्म जाँदैन । बाध्यतामा लामो सम्म गएपनि त्यस्तो सम्बन्धमा माया र मिठास अनि सम्मान हुँदैन।

एक अर्कालाई समर्थन गर्नुहोस्
कुनै पनि राम्रो सम्बन्धको संकेत हो कि तपाइँ एकअर्कालाई कति समर्थन गर्नुहुन्छ भन्ने । राम्रो समय र सुखमा समर्थन गर्न धेरै साथी तथा आफन्तहरु ह्ुन्छन् । तर यदि तपाइँको पार्र्टनरको अगाडि कठीन समयमा पनि ‘म छु, म गर्छु’ भनेर साथ पाउनुहुन्छ वा दिनुहुन्छ भने भने तपाइँको सम्बन्ध बलियो हुन्छ । कुनै पनि कठिन अवस्थामा पार्टनरलाई समर्थन गर्नु राम्रो सम्बन्धको संकेत गर्दछ ।

एकअर्कालाई विश्वास गर्नुहोस्
कुनै पनि सम्बन्धलाई मजबुत बनाउन एक अर्कालाई विश्वास गर्न अति आवश्यक छ । आर्थिक, अभिभावक वा व्यक्तिगत जिम्मेवारी वा महत्त्वपूर्ण निर्णयहरू गर्ने समयमा एकले अर्कालाई सोध्नुहोस् यात छलफल गर्नुहोस्। त्यसले पनि सम्बन्ध मजबुत बनाउँछ । एकले अर्कोलाई विश्वास गरेर दुःखमा सँगै रुने र सुखमा सँगै हास्न सक्यौं भने त्यो सम्बन्ध अझ गाढा र सुमधुर बन्दै जान्छ।

एकअर्काको दृष्टिकोणमा सहमत बनौं
व्यक्तिगत अनुभवका आधारमा सम्बन्धलाई मजबुत बनाउन पार्टनरसँग कुनै पनि कुरामा सहमत हुनु आवश्यक हुन्छ भन्नु गलत हुनेछ । यो हुन सक्छ कि तपाइँ जसका विरुद्ध हुनुहुन्छ तपाइँको पार्र्टनरको लागी त्यो सही पनि हुनसक्छ । तर एउटा मात्र विकल्प रोजेको हुनाले धेरै पटक दुवै साझेदारले एकले अर्कोको दृष्टिकोणमा सहमत हुनुपर्ने हुन्छ । यो पनि राम्रो सम्बन्धको संकेत हो ।

छनौट फरक हुन सक्छ तर भिन्नता हुनु हुँदैन
धेरैलाई आफ्नो पार्टनरसँग समय बिताउन मन लाग्दैन । तर यसको कारण खोज्न आवश्यक छ । दुर्वबीच छनौट फरक हुन सक्छ तर भिन्नता हुनु हुँदैन ।यदि तपाइँ एक अर्काको संगत मनपर्छ भने, तपाइँको सम्बन्ध सुखद रहेको मान्नुपर्छ।

Comments

Back to top