ज्वानोका यस्ता छन् फाइदा!
भान्साकोठामा पाइने धेरै मसलाहरू मध्ये एक ज्वानो हो । यसमा मसला हुनुका साथै चिकित्सीय फाइदाहरू पनि छन्। ज्वानो आकारमा सानासाना भए तापनि, यसले धेरै फाइदाहरू प्रदान गर्दछ।
यी फाइदाहरूमध्ये, पाचन कार्यलाई धेरै लाभदायक मानिन्छ। यसले पाचन प्रणालीलाई बलियो बनाएर पेटसम्बन्धी रोगहरू हटाउनमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। यसले पेटको असुविधालाई शान्त पार्नुका साथै भोक पनि बढाउँछ। ग्याष्ट्रिकबाट पीडित हुँदा ज्वानो-पानीको सेवनले पेटलाई क्षणभरमै आराम दिन्छ ।
रुघाखोकी र कफबाट घाँटीमा समस्या हुँदा ज्वानोले घाँटीबाट कफ हटाउन मद्दत गर्छ। वृद्धहरूले पनि यस कारणले गर्दा मनतातो पानीसँग ज्वानो खाने सल्लाह दिन्छन्। रुघा खोकी लाग्दा पनि ज्वानो-पानीको सेवनले निको हुनुको साथै ज्वानोले शरीरको चिसो हटाउँछ ।
आगोमा जलाइएको ज्वानोको धुवाँ वा ज्वानो खानाले पुरानो खोकी र श्वासप्रश्वासको अवस्था भएकाहरूका लागि फाइदाहरू प्रदान गर्दछ। ज्वानोले शरीर फुल्ने र सासको दुर्गन्ध कम गर्न पनि मद्दत गर्छ। थप रूपमा, यो पायल्स रोग, दाँत समस्या, र बान्ता रोक्न पनि मद्दत गर्दछ।
ज्वानोका फाइदा :
-ज्वानो, मह र चुक अमिलो एकसाथ १० दिनसम्म सेवन गरेमा मृगौलाको पत्थरी हटाउन सकिन्छ ।
- दमका रोगीहरूलाई ज्वानोको धुवाँ मात्र लिँदा पनि सजिलो हुन्छ। यसका साथै ज्वानो र सखर मिसाएर नियमित सेवन गर्दा पनि फाइदा हुन्छ ।
- दिनमा २-३ पटक १ चम्चाज्वानोको दाना र ४ चम्चा बेलको पातको रस सेवन गरेर मधुमेह नियन्त्रण गर्न सकिन्छ।
– ज्वानो उमालेर त्यसको वाफ लिने हो भने वायुविकार र पेट फुल्ने रोगीका लागि लाभदायक हुन्छ ।
- आफ्नो वजन कम गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ।
– १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो सर्दि तथा रुघाखोकी ठिक हुन्छ । ज्वानो चपाएर खाए मात्र पनि खोकी ठिक हुन्छ ।
Comments