प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने

निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।

आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

Comments

Back to top