भ्लादीमिर इल्यीच लेलिन: विश्वका एक महान् समाजवादी नेता!
भ्लादीमिर इल्यीच लेनिनको जन्म अप्रिल,१८७० मा सिम्बीस्क (हालःउल्यानोभ्स्क) सहरमा भएको थियो। यो सहर प्रसिद्ध रुसी नदी भोल्गाको किनारमा पर्दछ।
लेनिनको पिताको नाम इल्या निकोलाएभिच हो भने माताको नाम मारिया अलेक्सान्द्रभ्ना हो । लेनिनको बुबा इल्या निकोलाएभिच उल्यानोभले कलिलै उमेरमा गरिबीको मार खप्नु परेपनि जेठो दाजुको सहायता,आफ्नै कठिन परिश्रम र असाधरण प्रतिभाको फलस्वरुप मात्र उनले उच्च शिक्षा हासिल गर्न सफल भए। लेनिनको आमा एक डाक्टरकी छोरी थिइन्। लेनिनले घरमै शिक्षा पाएका थिए।
स्कुले जीवनमा नै लेनिनले समाजमा उपलब्ध क्रान्तिकारी किताबतर्फ आफ्नो नजर दौडाउन पुगे। लेनिनलाई बेलिन्सकी,गेर्चेन,चर्निशेभ्स्की, दोब्रोल्यूवोध र पिसारेभ जस्ता क्रान्तिकारी डेमोक्रेटहरुको किताब र उपन्यास विशेषरुपमा मन पर्दथ्यो । यसरी स्कुले जीवनमा नै लेनिनले किताबी र बाहिरी सामाजिक क्रान्तिकारी ज्ञान हासिल गरिसकेका थिए । युवा लेनिनको दृष्टिकोणहरु माथि उनको परिवार, वरिपरिको जीवन,प्रगतिशिल रुसी साहित्यको निकै ठुलो प्रभाव परेको थियो । त्यसताका रुसमा द्रुतगतिले पूँजीवादीे व्यवस्थाको विकास हुँदै थियो । पूँजिवादी शोषणको साथसाथै सामन्ती उत्पीडन पनि कायम नै थियो । यस शोषणले शहरिया मजदुरहरु र गाँउले किसानहरुको जीवन असहनिय रुपमा कष्टकर बनाएको थियो ।
सन् १९०५ को शरदमा रुसी क्रान्तिकारी आन्दोलनले विशाल रुप लिन थाल्यो । अक्टोबर महिनामा आम राजनैतिक हड्ताल सुरु भयो । कलकारखानाहरु, पोष्ट अफिस र टेलिग्राफ अड्डाहरु बन्द भए । पूरा राष्ट्रकै जीवन-स्पन्दन रोकिए जस्तो लाग्यो । सर्वहारा संघर्षको यो त्यो नयाँ रुप थियो,जुन त्यस बेलासम्म अरु कुनै राष्ट्रमा भएको थिएन । लेनिनको नेतृत्वमा भएको सर्वहारा मजदुरको आन्दोलनलाई दबाउन जारशाही क्रियाशिल भए तर सफल हुन सकेनन् । लेनिन रुसका जनतामाझ अझ बढी लोकप्रिय हुन थाले र लेनिनले लिएको नीति रुसका जनताको कार्य नीति बन्न पुग्यो। लेनिन रुसका सर्वहारा वर्गको निम्ति आस्थाको पुञ्ज बन्न पुगे । विश्व कम्युनिष्ट आन्दोलनको महान् नेतालेनिनले बोल्शेभिक नीतिको औचित्य प्रमाणित गर्न अथक परिश्रम गरे।
सन् १९०० तिर लेनिनको तत्परतामा र नेतृत्वमा सम्पूर्ण रुस भरि क्रान्तिकारी पत्रिका बिक्री गर्ने व्यक्तिहरुको पूरा सञ्जाल नै बिछ्याइयो । लेनिन अखबारको मुटु थिए। सन् १९०१ देखि भ्लादीमिर इल्यीचले आफ्नो केही लेखहरु लेनिन नामबाट छपाउन थाले। सन् १९०२ मा लेनिनको कृति ''के गर्न ?'' प्रकाशित भयो । त्यसपछि उनी पार्टी निमार्णमा खटे । बोल्शेभक पार्टीको सिर्जना भएपछि त्यो अजेय शक्ति देखापर्न पर्यो जसले जमिन्दार र पूँजिपतिहरुको सत्ता ढाल्न,समाजवादको निमार्ण गर्न रुसी मजदुर वर्ग र समस्त श्रमीकहरुलाई बिउँझाउदै थियो । यसरी, समाजवादी क्रान्तिको तयारी र परिपूर्तिको समयमा समाजवादको निर्माणको लेनिन पार्टीको प्रतिभाशाली नेता बनेका थिए।
लेनिनको सन् १९२४ मा मृत्यु भयो। विश्वको पहिलो समाजका राष्ट्रका संस्थापक, मार्क्सवादी चिन्तक क.लेनिन आज हाम्रो माझ छैनन्, तथापी उनको कर्म, विचार जुगौं जुगसम्म यो संसारमा रहिरहने छ ।
Comments