गर्भपतन कहिले र कसरी गर्न सकिन्छ!
महिला महिनावारी भएको दिनबाट गणना गर्दा २२ हप्तासम्मको गर्भ आफै खेर जानुलाई गर्भपतन भनिन्छ । नेपालमका धेरै महिला गर्भपतनको समस्याबाट पीडित छन् । विकसित देशमा बचाउन सकिने प्रविधि हुनाले २८ हप्ताभन्दा अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्रा गर्भपतन भनिन्छ । यसरी भएको गर्भपतन करिब २५ देखि ३० प्रतिशतसम्मको हुन्छ ।
तर, नेपालमा भने गर्भपतन एक जटिल समस्या हो । गर्भपतनलाई पनि २ समुहमा विभाजित गरिएको छ । आफै हुने गर्भपतन र जानीजान गरिने गर्भ पतन गरि गर्भपतनलाई २ किसिममा वर्गिकरण गरिएको छ । कतिपय गर्भहरु आफै खेर जान्छन् भने कतिपय गर्भ महिला आफैले पतन गराउने गरेका छन् । अदक्ष व्यक्तिसँग गर्भपतन गराउदा कतिपय महिलाको ज्यान जोखिममा पर्ने गरेको छ भने कतिपय महिलाको ज्यानै जाने गरेको घटना पनि छ ।
तर, नेपालको कानुुनले सबै अवस्थामा गर्भपतन गर्न पाउने कानुुनी व्यवस्था भने गरेको छैन । २०५९ सालको कानुनले केहि विशेष अवस्थामा भने गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । कानुुनी मान्यता नहुँदा धेरै महिलाले लुुकिछिपी असुरक्षित गर्भपतन गराउँदा ज्यानै गुमाएको घटनालाई मध्ये नजर गर्दै केहि विशेष अवस्थामा गर्भपतनको व्यवस्था गरिएको हो ।
नेपालको कानुुनले गर्भवती महिला १६ वर्ष मूनिको भएको खण्डमा १२ हप्तासम्मको गर्भपतनको व्यवस्था गरेको छ । तर, यस्तो अवस्थामा महिलाका आफन्तको मञ्जुुरी हुुनुु भने आवश्यक छ । यस्तै जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाले चाहेको खण्डमा १८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था रहि आएको छ । जटिल स्वास्थ्य अवस्था भएका महिलाले पनि गर्भपतन गर्न पाउने छन् ।
तर, गर्भवती महिलाको स्विकृती बिना करकाप, धम्की, प्रलोभनदिएर कसैले गर्भपतन गराएको खण्डमा भने कारबाही हुने कानुुनी व्यवस्था रहेको छ भने भु्रणको लिङ्ग पहिचान गरि कसैले गर्भपतन गराउको खण्डमा पनि कारबाही हुने कानुुनी व्यवस्था छ । गर्भपतनका लागि निर्धारण गरिएको अवस्थाभन्दा बाहिर गएर गरिउको गर्भपतनको पनि कानुुनी कारबाहिको दायरा रहेको छ ।
विभिन्न अवस्थामा गर्भपतनको व्यवस्था भएपनि जुनसुकै ठाउँमा गएर गर्भपतन गराउनु निक्कै खतरा हुन्छ । नेपाल सरकारबाट तालिम प्राप्त सुचिकृत निजी तथा सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीहरुसँग मात्रै गर्भपतन गराउनुपर्छ । सुरक्षित गर्भपतनको प्रयाप्त ज्ञान महिलामा नभएको खण्डमा जिल्ला जनस्वाथ्य कार्यलय, जिल्ला अस्पताल अथवा अञ्चल अस्पतालले निशुल्क रुपमा प्रदान गर्दछन् ।
Comments