ओठ फुट्ने समस्याबाट यसरी पाउँनुहोस छुट्कारा!
मानिसहरुमा चिसो मौसममा ओठ फुट्ने समस्या हुन्छ । डाक्टरहरूका अनुसार शरीरमा पानीको अभाव हुँदा ओट फुट्छ । चिसो मौसममा हामिलाई तिर्खा कम लाग्ने हुदा पानीको उपभोगलाई कम गर्छौँ, जसको कारण सुक्खा छाला र सुख्खा ओठको समस्या हुन्छ । यस जाडोमा ओठलाई सुन्दर र नरम बनाउनको लागि प्रशस्त पानी पिउनुका साथै यी उपायहरु प्रयोग गरौँ ।
ओठलाई पनि चिस्यान चाहिन्छ
तपाईंको छाला जस्तै तपाईंको ओठमा पनि ओस चाहिन्छ, त्यसैले प्रशस्त पानी, फलफूल र तरकारीहरू लिनुहोस् । बाहिर जाँदा एसपिएफयुक्त लिपबाम प्रयोग गरौँ ।
ग्लिसरिन–मेट लिपस्टिक
ग्लिसरिन अधिक सुख्खा छाला र फाटेको ओठको लागि घरेलू औषधिको रूपमा पनि उपयुक्त छ । यसलाई ओठमा र आँखाको वरिपरि लगाउनुहोस् । यदि तपाईंको ओठ दरो र सुख्खा छ भने, मेट लिपस्टिकको सट्टा क्रिमयुक्त लिपस्टिक लगाउनुहोस् ।
नरिवल तेल
दिनमा पनि ओठमा नरिवलदको तेल लगाउन सकिन्छ । यसमा एसपिएफका गुणहरू पनि हुन्छन् । यसले ओठमा पोषण प्रदान गर्दछ । जाडोमा ओठलाई सुक्खा र फुट्नबाट जोगाउन यसको नियमित प्रयोग गर्नुहोस् । शरीरबाट ओठमा पोषण दिनको लागि नरिवलको तेल नाभीमा पनि प्रयोग गर्न सकिन्छ ।
एन्टिअक्सिडेन्ट
ओठको सुन्दरताका लागि एन्टिअक्सिडेन्टहरू पनि आवश्यक हुन्छ । मेकअप विशेषज्ञहरुकाअनुसार, भिटामिन इ भएको लिपबाम एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो र ओठ नरम र गुलाबी रहन्छ। ओठको सफाइका लागि मह र चिनीको प्रयोग गर्न सकिन्छ । महले ओठको कोमलता पनि राख्दछ।
Comments