विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध

सरकारले विदेशी सामान आयात खुला गरे पनि अटो व्यवसायमा लगाउँदै आएको कर्जा सीमा नहटाएसम्म व्यवसायमा सुधार नआउने व्यवसायीहरूले बताएका छन् । 

काठमाडौंमा आयोजित विरोध प्रर्दशनमा उनीहरूले अटो कर्जाको सीमा अन्त्य र एलसी खेल्दा नगद मार्जिन हटाउन नेपाल राष्ट्र बैंक र सरकारलाई आग्रह गरेका हुन्

प्रर्दशनमा सहभागीहरुले बैंक ब्याजदर नियन्त्रण गर्न पनि नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरेका छन् । खुला अर्थतन्त्रमा यसरी कर्जामा सीमा लगाएका कारण अटो व्यवसाय चौपट भएको उनीहरूको दुखेसो छ । 

साथै, तरलता अभावलाई सहज बनाउन, बैंकहरूलाई अटो व्यवसायमा लगानी बढाउने गरी ढोका खोल्न उनीहरूको आग्रह छ । सरकारले अटो व्यवसायललाई सहज बनाउने वातावरण बनाउन पनि आग्रह छ । प्रर्दशनमा सहभागीहरूको भनाइ छ,  'निजी क्षेत्र सरकार विरोधी होइनन् सरकारलाई सहयोग नै गर्न स्थापना भएका हुन् । तर, राष्ट्र बंैक र सरकारले ल्याएका नीति अटो व्यवसायीविरोधी छन् । त्यसलाई सुधार गर्नुपर्छ ।’

Comments

Back to top