जाडोमा चाया पर्ने समस्याबाट छुटकारा पाउने उपाय!
कपालमा चाया पर्ने समस्या मुख्यतया फंगसको कारणले हुन्छ। कपालमा चाया पर्ने समस्या एक यस्तो समस्या हो जसले धेरै मानिसहरूलाई सताउँछ।
सामान्यतया कपालमा चाया पर्ने समस्या हामी सबैको छालामा प्राकृतिक रुपमा हुन्छ तर आधा मानिसमा यो समस्या हुन्छ। कपालमा चाया पर्ने समस्या एक धेरै सामान्य समस्या हो तर कहिलेकाहीँ यो सामाजिक स्तरमा लाजमर्दो पनि बन्न सक्छ।
कपालमा चायाँपर्ने समस्या सरसफाईको कमीले फस्टाउँदैन तर कपाल सफा नराखेकोमा झन् स्पष्ट देखिने गर्छ। तनावका कारण र चिसो मौसममा कपालमा चाया पर्ने समस्याको जोखिम बढि हुन्छ।
चाया पर्ने समस्या भए के गर्ने?
कपालमा चाया पर्ने समस्या मुख्यतया फंगसका जिम्मेवार हुन्छ त्यसलाई ‘मालासेजिया ग्लोबोसा’ भनिन्छ। मुख्य रुपमा यहि फंगसका कारण कपालमा चाया पर्ने समस्या हुन्छ। यो फंगसले हाम्रो छाला र कपालको तेल सोस्छ। तर जब यो यस्तो गर्छ, त्यहि समयमा यसले ओलिक एसिड उत्पादन गर्दछ, जसको कारण हाम्रो छाला चिलाउन सक्छ। यसले प्रतिरक्षा प्रतिक्रियालाई रोक्छ जसले टाउकोको छालाबाट सुख्खा भएका तहहरु खस्न थाल्छन् ।
वायु प्रदूषणले यसलाई अझ खराब बनाउँछ जबकि सूर्यको पराबैंजनी किरणले यस अवस्थाको नियन्त्रण गर्न मद्दत गर्न सक्छ।
यस्तो अवस्थामा कपालमा चाया पर्ने समस्याबाट छुटकारा पाउन टाउकोमा तेल लगाउनु राम्रो होइन।यो फंगस ‘मालासेजिया ग्लोबोसा’ ले कपाल र छालामा रहेको प्राकृतिक तेललाई अवशोषित गर्छ। यस्तो अवस्थामा यो तेल धुनु वा सफा गर्नु धेरै उपयोगी साबित हुन सक्छ।
सबैभन्दा प्रभावकारी एन्टी–फंगल रसायनहरू माइकोनजोल र केटोकोनाजोल हुन्। केहि शेम्पुमा केटोकोनाजोल प्रयोग गरिन्छ । तर माइकोनाजोल हाल छालामा लगाउने क्रीमको रूपमा मात्र उपलब्ध छ। यद्यपि, जनावरहरूको लागि उपलब्ध केही शैम्पूहरूमा माइकोनजोल रसायन हुन्छ।
सबैभन्दा सजिलो तरिका कुनै पनि राम्रो एन्टी–ड्यान्ड्रफ शैम्पू प्रयोग गर्नु हो। यसमा धेरै प्रकारका ब्रान्डहरू पनि पाउन सकिन्छ। जुन शेम्पुमा यी रसायन भए कपालमा चायाँ पर्ने समस्या रोकथामका लागी किन्न सकिन्छ जस्तै जिंक पाइरिथियोन, सेलिसिलिक एसिड, सेलेनियम सल्फाइड, केटोकोनाजोल र कोइला टार।
कपालमा चायाँपर्ने समस्या धेरै भए एक महिनासम्म एन्टी–ड्यान्ड्रफ शेम्पु प्रयोग गर्नुपर्छ । एक भन्दा बढी एन्टी–ड्यान्ड्रफ शेम्पू प्रयोग गरेमा कपालका लागि कुन राम्रो हो भनेर बुझ्न सकिन्छ।
Comments