महात्मा गान्धी: अहिंसाका पुजारी, सत्य र निष्ठावान व्यक्तिको प्रेरणादायी कथा!

मोहनदास करमचन्द गान्धी सन् १८६९ अक्टुबर २ मा जन्मेका थिए। उनको जन्म गुजराँतको पोरबन्दर भन्ने स्थानमा भएको थियो । बाबु करमचन्द गान्धी यसै क्षेत्रका दिवान थिए । आमा पुतलीबाई धार्मिक प्रकृतिकी गृहिणी थिइन् । उनी उच्च शिक्षा हासिल गरेपछि थप अध्ययनका लागि केही समय लन्डन गएका थिए ।

भारतीय स्वतन्त्रता आन्दोलनका हस्ती गान्धीजी शान्ति र अहिंसाका पुजारी तथा सत्य र निष्ठाका अनुयायी थिए । उनी सादा जीवन र उच्च विचारका पक्षपाती थिए । उनको हतियार भनेकै सत्य र अहिंसा हो । यसैका कारण साम्राज्यवादी ब्रिटिस सरकार घुँडा टेक्न बाध्य भएको थियो। गान्धीजीका जीवन आन्दोलनमै बितेको छ।  तिनमा सन् १९२० को असहयोग आन्दोलन, १९३० को अवज्ञा आन्दोलन र १९४२ को भारत छोडो आन्दोलन मुख्य मानिन्छन् । यसबाहेक पनि थुप्रै आन्दोलनमा सहभागी भएका छन्, जो क्षेत्रीय र प्रान्तीय किसिमका थिए । 

२१ जुलाई सन् १९०६ मा गान्धीले भारतीय जनमतमा लेखेकि २३ भारतीय निवासीहरूको विरूद्ध चलाइएको अपरेशनको सम्बन्धमा प्रयोगद्वारा नेटाल सरकारको भनाइमा एक कोरको गठन गरिएको छ। गान्धीको विचारमा सन् १९०६ को मस्यौदा अध्यादेश भारतीयहरूको स्थितिमा कुनै निवासीको निम्नस्तरको सामान ल्याउने जस्ता थिए। यसकारण उनले सत्याग्रहको तर्ज माथि काफिर (जातीय कलङ्क)को उदाहरण दिँदै भारतीयहरूबाट अध्यादेशको विरोध गर्नको लागि आग्रह गरेका थिए।

सन् १९४८ जनवरी ३० मा गान्धीको गोली हानी हत्या गरिएको थियो।  हत्या नाथुराम गोड्से नामक एक हिन्दू अतिवादीले गरेका थिए । हाल उनका पार्थिव शरीर त छैन तर उनका यश र कीर्ति भने भारतीय स्वतन्त्रता सङ्ग्रामको इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । 

यसरी, गान्धीजी आफू पनि अन्याय गर्दैन थिए, अन्याय सहन पनि सक्दैन थिए । गल्ती गरेपछि माफी माग्नुपर्छ भन्ने उनको मान्यता थियो । उनले माफी माग्न पनि जानेका थिए, दिन पनि जानेका थिए । यसबारे एउटा उदाहरण निकै रोचक छ।  

Comments

Back to top