टिमुर- मुखको क्यान्सरका लागि अचुक औषधी!

टिमुर मानव जीवनलाई चाहिने महत्त्वपूर्ण औषधीय गुण भएको प्रजाति हो । मीठो स्वाद र बास्ना हुने टिमुर नेपाली भान्सामा मसलाको रूपमा प्रयोग हुन्छ ।धेरैले यसलाई घरेलु औषधिको रूपमा पनि प्रयोग गर्छन् ।

नेपालमा पाइने टिमुर मुख्यतया दुई प्रकारका छन्  बोके र शिल टिमुर । धेरै मात्रामा बोक टिमुर पाइन्छ । बोके टिमुरमा चार पाँच वटा प्रकार नेपालमा पाइएको छ ।  टिमुरबाट सुगन्धित तेल निस्कन्छ र यसमा विभिन्न रासायनिक यौगिकहरू पनि हुन्छ । टिमुरमा दुखाई कम गर्ने, शरीरमा भएका नराम्रो कीटाणुलाई मार्ने र मुखको क्यान्सर रोक्ने लगायतको गुणहरू हुन्छ ।

विभिन्न प्रकारको किराहरूको टोकाइबाट बच्न पनि टिमुरको तेल प्रयोग गर्न सकिन्छ। टिमुरबाट निकालिएको सुगन्धित तेल दाँतमा किरा लाग्नबाट बचाउँछ ।टिमुरले कलेजोको सुरक्षा गर्ने, मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्ने, फुड पोइजनिङ गर्ने कीटाणुलाई मार्ने , दुखाई कम गर्ने र मुखको क्यान्सरलाई रोक्ने लगायतको स्वास्थ फाइदा हुन्छ । दैनिक थोरै मात्रामा मात्र टिमुरको खानुपर्छ।

कुनै पनि कुरा धेरै मात्रामा प्रयोग गर्दा त्यसको साइड इफेक्ट हुन्छ । त्यस्तै टिमुरको प्रयोग पनि धेरै मात्रामा गरियो भने त्यसले कलेजोलाई असर गर्न सक्छ। मलद्वार सम्बन्धी समस्या पायल्स, फिसर र फिस्टुला लगायतका समस्यामा टिमुर खानु हुँदैन । पेटको विकार हटाउन, हाड जोर्नी दुख्दा र लेक लाग्दा टिमुरलाई औषधीको रूपमा प्रयोग गर्न सकिन्छ ।

Comments

Back to top